एसीसी टी-२० इस्टर्न रिजनः नेपालकाे पहिलाे खेल चीनसँग

एसीसी टी-२० इस्टर्न रिजन पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएकाे छ । जसमा नेपालले पहिलाे खेल चीनसँग खेल्नेछ ।

थाइल्याण्डमा आयोजना हुने प्रतियाेगिताकाे एसीसीले खेल तालिका सार्वजनिक गरेकाे हाे । सुमह ए मा रहेकाे नेपालले फेब्रेवरी २९ मा चीनसँग खेल्नेछ । नेपालकाे दाेस्राे प्रतिद्वन्द्धी थाइल्याण्ड रहेकाे छ ।साे खेल मार्च एक तारिखमा हुनेछ । यस्तै मार्च ३ तारिखमा नेपालले मलेसियासँग खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित आयोजक थाइल्याण्ड, भुटान,चीन, म्यानमार,हङकङ,सिंगापुर र मलेसियाले खेल्ने छन् । दुई समूहमा विभाजन गरेर खेलाईने प्रतियोगिताको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् । नेपालले समुह चरणमा खेल्ने सबै खेल टिसीजी मैदानमा खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest