काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय

पोखरा प्रिमियर लिगमा अहिले चितवन राइनोज र काठमाडौं गोल्डेन्स विच प्रतिस्पर्धा भइरहेको छ ।

पोखरा क्रिकेट मैदानमा काठमाडौंले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।

जारी प्रतियोगितामा अपराजित रहेको पारस खड्काको टिम चितवनले काठमाडौं विरुद्ध जित निकालेमा सोझै फाइनलमा पुग्नेछ । उसले अहिलेसम्म खेलेका चार खेलमा चारैमा जित निकालेको छ ।

यता काठमाडौंले सुरुवाती दुई खेल हारेपनि त्यसपछि लगातार दुई खेलमा जित्दै प्लेअफको संभावना जिवितै राखेको छ । काठमाडौंका लागि यो खेल प्लेअपमा पुग्न जित्नैपर्ने हुन्छ । यदि पराजित भएमा उसले पनि लिगको अन्तिम खेल विराटनगर बुटवल ब्लास्टर्स विचको खेलको नतिजा कुर्नुपर्ने हुन्छ । सो खेलमा बुटवल ब्लास्टर्स विजयी भएमा प्लेअफमा पुग्ने अन्तिम टिमको टुंगो रनरेटका आधारमा हुनेछ ।

यसपटक सबै भन्दा बलियो टिमका रुपमा देखिएको चितवनको ब्याटिङ मुख्य हतियारका रुपमा रहँदै आएको छ । अघिल्लो संस्करणमा यी दुई टिम दुई पटक खेल्दा दुबै पटक चितवन राइनोज विजयी भएको थियो । काठमाडौंलाई यसपटक सो हारको बदला लिनुका साथै खेल जितेर प्लेअफमा स्थान बनाउने सुनौलो मौका रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest