चितवन राइनोजले काठमाडौं गोल्डेन्सलाई एक सय ६८ रनको लक्ष्य

पोखरा प्रिमियर लिगमा चितवन राइनोजले काठमाडौं गोल्डेन्सलाई एक सय ६८ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६७ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको चितवनले दुई रनमा पहिलो विकेट गुमायो ।

आज ओपनरका रुपमा आएका करण केसी मात्र एक रनमा आउट भए । तर दोस्रो विकेटका लागि बाबर हायात र रोहन मुस्तफाले शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । 

जसमा दुबैले अर्धशतक बनाए । बाबर हायातले ४७ बलमा तीन चौका र ६ छक्काको मद्धतमा ७० रन बनाए । त्यसपछि क्रिजमा आएका आरिफ शेखले १५ रन बनाए । यस्तै रोहनले ५९ रनको योगदान गरे भने सन्नी पटेलले १५ रन बनाए।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest