पारसकाे टिम चितवन पीपीएलकाे फाइनलमा

चितवन राइनोज पोखरा प्रिमियर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । काठमाडौंलाई लिग चरणको अन्तिम खेलमा ६० रनले हराउँदै चितवनले फाइनलमा स्थान बनाएको हो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ६७ रन बनायो । सुरुवात राम्रो गर्न नसकेको चितवनले दुई रनमा पहिलो विकेट गुमायो ।

आज ओपनरका रुपमा आएका करण केसी मात्र एक रनमा आउट भए । तर दोस्रो विकेटका लागि बाबर हायात र रोहन मुस्तफाले शतकीय साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए ।

जसमा दुबैले अर्धशतक बनाए । बाबर हायातले ४७ बलमा तीन चौका र ६ छक्काको मद्धतमा ७० रन बनाए । त्यसपछि क्रिजमा आएका आरिफ शेखले १५ रन बनाए । यस्तै रोहनले ५९ रनको योगदान गरे भने सन्नी पटेलले १५ रन बनाए।

जवाफमा काठमाडौं २० ओभरमा नौ विकेट गुमाउँदै एक सय सात रनमा रोकियो उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । दुई रनमा दुई विकेट गुमाएको काठमाडौंले १८ रन बनाउँदा तीन विकेट गुमायो । उसका दुबै ओपनरले खाता खोल्न सकेनन् । त्यसपछि गौरव तमोर पनि ६ रनमा आउट भए ।

कप्तान ज्ञानेन्द्र मल्ल र पवन सराफले काठमाडौंका पारीलाई सम्हाल्ने प्रयास गरेका थिए तर सफल भएनन् । जसमा पवनले २७ तथा ज्ञानेन्द्रले ४० रन बनाए । यस्तै पृथु बास्कोटाले १८ रनको योगदान गरे ।

यो हारले काठमाडौंले प्लेअफमा पुग्न बुटवल ब्लास्टर्स र विराटनगर टाइटन्स विचको खेलको नतिजा कुर्नुपर्ने भएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest