बिराटनगर टाइटन्सलाई एक सय ३४ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत बुटवल ब्लास्टर्सले बिराटनगर टाइटन्सलाई एक सय ३४ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सुरुवात राम्रो गर्न नसकेपछि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शुन्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।

उसका शंकर रानाले मात्र दुई रन बनाए भने भिम शार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका शिद्धान्त लोहनी ११ रनमा बाहिरीदा हर्षले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।
बलिङमा किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest