बिराटनगर पीपीएलकाे इलिमिनेटरमा, काठमाडाैं बाहिर

बुटवल ब्लास्टर्स विरुद्ध रोमाञ्चक जित निकाल्दै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको प्लेअफमा पुगेको छ । विराटनगरको जितले काठमाडौं गोल्डेनसको शिर्ष ३ मा पुग्ने सपना अधुरो बनेको छ । विराटनगरले बुटवललाई ६ विकेटले हरायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बुटवलले २० ओभरमा ७ विकेट गुमाउँदै १३३ रन बनायो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके ।

सुरुवात राम्रो गर्न नसकेपछि उसका हर्ष टोंकले उत्कृष्ट ब्याटिङ गरे । टिमको खातामा शुन्य रन हुँदा पहिलो विकेट गुमाएको बुटवलले ३२ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि ४७ रनमा तेस्रो विकेट गुमाएको बुटवलले ९१ रनमा चौथो र एक सय १५ रन बनाउँदा पाँचौ विकेट गुमायो । त्यसपछि एक सय २६ रन हुँदा बुटवलले सात विकेट गुमायो ।

उसका शंकर रानाले मात्र दुई रन बनाए भने भिम शार्की पाँच रनमा आउट भए । यस्तै आजको खेलमा कप्तानी गरेका शिद्धान्त लोहनी ११ रनमा बाहिरीदा हर्षले ६७ रनको पारी खेले । उनले ४४ बलमा ६ चौका र ५ छक्का प्रहार गरे ।

बलिङमा किशोर महतोले दुई तथा मुहम्मद जेइद आलमले तीन विकेट लिए ।

जवाफमा विराटनगरलाई सो लक्ष्य १२ ओभर २ बलमा पुरा गर्नुपर्ने दबाव थियो । तर उसले आक्रामक ब्याटिङ गर्दै ११ ओभर ४ बलमा लक्ष्य पुरा गर्यो ।

गतिलो सुरुवात गर्न नसकेको विराटनगरले २६ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर लोकेश बम १३ रनमा आउट भए । त्यसपछि ३१ रन हुँदा कप्तान प्रदिप ऐरी ब्यक्तिगत ५ रनमा आउट भए ।

विराटनगरको स्कोर ५८ रन हुँदा तेस्रो विकेट झर्यो । उसका मुहम्मद जेइद आलम २४ रनमा आउट भए । उनले १० बलमा ४ चौका र एक छक्का प्रहार गरे । त्यसपछि पुनील मेहरा ३२ रनमा आउट हुँदा विराटनगरले ९२ रनमा चौथो विकेट गुमायो । उनले १६ बलमा तीन चौका र एक छक्का प्रहार गरे ।

विराटनगरको स्कोर ९७ रन हुँदा सुनील धमला ब्यक्तिगत दुई रनमा आउट भएपछि पाँचौ विकेट गुम्यो । त्यसपछि पुष्प थापा र नोमान खानले विराटनगरलाई जितको नजिक पर्याएका थिए । उनले २२ बलमा ३५ रन बनाए ।

यो जितपछि विराटनगरले रनरेटमा काठमाडौंलाई पछि पार्दै प्लेअफमा पुग्यो । अब उसले इलिमिनेटरमा फेरीपनि बुटवलसँग नै खेल्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest