विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई एक सय ६६ रनको लक्ष्य

पोखरा प्रिमियर लिग अन्तर्गत इलिमिनेटर खेलमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई एक सय ६६ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६५ रन बनायो ।
मध्यम सुरुवात गरेको विराटनगरका लागि सुनील धमलाले अर्धसतकीय पारी खेले ।

३९ रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि ओपनर मुहम्मद जेइद आलमले २० रन बनाए भने लोकेश बमले १९ तथा पुनित मेहराले पनि १९ रन थपे । यस्तै सुनील धमलाले ६१ रनको योगदान गरे । उनले ५४ बलमा छ चौका र दुई छक्का प्रहार गरेका थिए ।
यस्तै कप्तान प्रदिप ऐरीले १३ बलमा एक चौका र चार छक्का सहित ३३ रन बनाए ।

विराटनरले ६७ रनमा दुई विकेट गुमाएको थियो भने त्यसपछि सुनील धमला र पुनीत मेहराले अर्धसतकीय साझेदारी गरेका थिए । एक सय २४ रनमा तेस्रो विकेट गुमाएको विराटनगरले एक सय ४४ रन हुँदा पाँच विकेट खेर फालेको थियो । बलिङमा बुटवलको हर्ष टोंकले दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest