विराटनगर पीपीएलकाे फाइनलमा

बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । लिगको अन्तिम खेलमा बुटवललाई नै हराएर इलिमिनेटरमा पुगेको विराटनगरले फाइनलमा प्रवेश गर्न पनि बुटवलको चुनौतीलाई २१ रनले पन्छ्यायो ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ६५ रन बनायो ।
मध्यम सुरुवात गरेको विराटनगरका लागि सुनील धमलाले अर्धसतकीय पारी खेले । ३९ रनमा पहिलो विकेट गुमाएको विराटनगरका लागि ओपनर मुहम्मद जेइद आलमले २० रन बनाए भने लोकेश बमले १९ तथा पुनित मेहराले पनि १९ रन थपे । यस्तै सुनील धमलाले ६१ रनको योगदान गरे । उनले ५४ बलमा छ चौका र दुई छक्का प्रहार गरेका थिए ।
यस्तै कप्तान प्रदिप ऐरीले १३ बलमा एक चौका र चार छक्का सहित ३३ रन बनाए ।
विराटनरले ६७ रनमा दुई विकेट गुमाएको थियो भने त्यसपछि सुनील धमला र पुनीत मेहराले अर्धसतकीय साझेदारी गरेका थिए । एक सय २४ रनमा तेस्रो विकेट गुमाएको विराटनगरले एक सय ४४ रन हुँदा पाँच विकेट खेर फालेको थियो । बलिङमा बुटवलको हर्ष टोंकले दुई विकेट लिए ।
जवाफमा बुटवल २० ओभरमा एक सय ४४ रनमा अलआउट भयो । बलियो सुरुवात गरेको बुटवलका मध्यतिरका खेलाडी विच राम्रो साझेदारी हुन सकेन । ५३ रनमा पहिलो विकेट गुमाएको बुटवलका लागि ओपनर अफ्ताबुदिन अहमेदले ४३ रन बनाए भने भिम शार्कीले ४४ तथा सिंभम सिंहले १४ र पुरन बिकले १५ रन बनाए । तर अरु खेलाडी सस्तैमा आउट भए ।
बुटवललाई जितका लागि अन्तिम २ ओभरमा २६ रन चाहिएको थियो । तर उसले जोड्न सकेन । १९ औं ओभरमा जितेन्द्र मुखीयाले मेडेन फालेपछि बुटवल जितबाट टाढिएको हो ।
बुटवललाई कम स्कोरमा रोक्न साहब आलमले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest