बिग ब्यास लिगमा सन्दिपकाे लगातार तेस्राे खेलमा विकेट

बिगबास लिग क्रिकेटमा नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले एडिलेट स्टाइकर्सबाट १७५ रनको लक्ष्य पाएको छ ।
एडिलेट स्टाइकर्सले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको हो ।

आजको खेलमा सन्दीप पनि टिममा परेका छन् । उनले ३ ओभर बलिङ गर्दै १ विकेट लिए । १५ रन खर्चिएर सन्दीपले एडिलेटका म्याथ्यू सटलाई आउट गरे ।

पहिलो विकेट २९ रनमा गुमाएको एडिलेटका लागि जेक वेदरलेडले २१ रन जोडेका थिए । टिमको स्कोर ४० रन हुँदा दोस्रो विकेट गुमाएको एडिलेटका लागि फिल साल्ट १४ रनमा पेभेलियन फर्किए । तेस्रो विकेटको रुपमा आउट भएको म्याथ्यू सटले भने ६ रन मात्रै जोड्न सके । उनी सन्दीपको बलमा आउट भएका हुन् ।

कप्तान एलेक्स केरीले ४५ रन जोड्दै आउट हुँदा चौथो विकेट १४२ को स्कोरमा गुमाएको थियो । यसैगरी जोनाथन वेल्सले भने अर्धशतकीय पारि खेले । वेल्स ६८ तथा रासिद खान ६ रनमा नट आउट रहे ।
डेनियल वरल, डेल स्टेन, एडम जाम्पा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest