सन्दिपकाे टिमकाे पहिलाे हार

बिग ब्यास लिग क्रिकेटमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले पहिलो हार ब्यहोरेको छ । आज भएको खेलमा मेलबर्न एडीलेड स्ट्राइक्ससँग ५ रनले पराजित भयो ।

एडिलेट स्टाइकर्सले टस हारेर पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ४ विकेट गुमाएर १७४ रन बनाएको हो ।

आजको खेलमा सन्दीप पनि टिममा परेका छन् । उनले ३ ओभर बलिङ गर्दै १ विकेट लिए । १५ रन खर्चिएर सन्दीपले एडिलेटका म्याथ्यू सटलाई आउट गरे ।

पहिलो विकेट २९ रनमा गुमाएको एडिलेटका लागि जेक वेदरलेडले २१ रन जोडेका थिए । टिमको स्कोर ४० रन हुँदा दोस्रो विकेट गुमाएको एडिलेटका लागि फिल साल्ट १४ रनमा पेभेलियन फर्किए । तेस्रो विकेटको रुपमा आउट भएको म्याथ्यू सटले भने ६ रन मात्रै जोड्न सके । उनी सन्दीपको बलमा आउट भएका हुन् ।

कप्तान एलेक्स केरीले ४५ रन जोड्दै आउट हुँदा चौथो विकेट १४२ को स्कोरमा गुमाएको थियो । यसैगरी जोनाथन वेल्सले भने अर्धशतकीय पारि खेले । वेल्स ६८ तथा रासिद खान ६ रनमा नट आउट रहे ।
डेनियल वरल, डेल स्टेन, एडम जाम्पा र सन्दीप लामिछानेको नाममा एक एक विकेट रह्यो ।

जवाफमा मेलबर्न २० ओभरमा ६ विकेट गुमाउँदा एक सय ६९ रनमा रोकियो । उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४३ रन बनाए भने पिटर ह्याण्डकोपले ३४ र मार्कुस स्टोनीसले ३३ रन बनाए । यस्तै नाथन निलले २० र बेन डुंकले १७ रन बनाएपनि टिमलाई हारबाट बचाउन सकेनन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest