चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य

पोखरा प्रिमियर लिगको उपाधिका लागि अहिले चितवन राइनोजले बिराटनगर टाइटन्सलाई २०३ रनको लक्ष्य दिएको छ ।

पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय दुई रन बनायो । मध्यम सुरुवात गरेको चितवनले पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेको थियो । उसका ओपनर पारस खड्का २५ रनमा आउट भए ।

त्यसपछि बाबर हायातमात्र ५ रनमा आउट भएपछि चितवनले ४५ रनमा दोस्रो विकेट गुमायो । तर अनिल शाह र रोहन मुस्तफाले उत्कृष्ट साझेदारी गर्दै टिमलाई बलियो स्थितीमा पुर्याए । जसमा रोहनले ५० रन बनाए भने अनिललेपनि ५० रन नै जोडे ।

अनितले ३४ बलमा तीन चौका र तीन छक्का प्रहार गरे । यस्तै आरिफ शेखले १९ रन जोडे । अन्तिममा करण केसीले ८ बलमा २६ रन बनाए भने सन्नी पटेलले १६ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest