न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया २ सय ७४ रनले बिजयी

विश्व टेष्ट च्याम्पियनसिप अन्तर्गत न्युजिल्याण्डविरुद्धको दोस्रो टेष्टमा अष्ट्रेलिया २ सय ७४ रनले बिजयी भएकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ४ सय ६७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि टर्भिस हेडले १ सय १४ रनको शतकीय इनिङ्स खेलेका थिए । जवाफमा न्युजिल्याण्ड पहिलाे पारीमा १४८ रनमा समेटियाे । त्यसपछि दाेस्राे पारीमा थप १६८ रन जाेडेपछि अष्ट्रेलियाले  ४ सय ८८ रनको लक्ष्य दिएकाे थियाे ।

दोस्रो इनिङ्समा न्युजिल्याण्ड मात्र २४० रनमा अलआउट भयो । उसका लागि टम ब्लुन्डेलले १२१ रनको याेगदान गरेपनि अरू खेलाडी सस्तैमा पेभेलियन फर्किए । उसका हेनरी निकोलसले ३३ तथा मिचेल स्टाननरले २७ रन बनाए । न्युजिल्याण्डकाे पारीलाइ कमजाेर पार्न अष्ट्रेलियाका नाथन लायनले ४ तथा जेम्स प्याटीनसनले ३ विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले ४० अंक पाएको छ । पहिलो टेष्टमा अष्ट्रेलियाले न्युजिल्याण्डलाई २ सय ९६ रनले हराएको थियो ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest