सन्दिपकाे टिम टस जितेर बलिङमा

बिग ब्यास लिग अन्तर्गत चौथो खेलमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले हाेबर्ट हुरिकेन्स बिरूद्ध टस जितेर पहिले बलिङ गर्ने भएको छ । सन्दिप लगातार चौथो खेलमा टिममा परेका छन । उनले अहिलेसम्म तीन खेलमा तीन विकेट लिएका छन ।

यो सिजनमा दोस्रो पटक भिड्न लागेका मेलबर्न र होबर्टबीच भएको यसअघिको खेलमा मेलबर्नले ५२ रनको जित निकालेको थियो । आजकाे खेलका लागि सन्दिप लामिछाने टिममा पर्ने प्रबल संभावना रहेको छ । मेलबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा उनको नाम समावेश गरिएको छ ।

सन्दिपले अहिलेसम्म तीन खेलमा तीन विकेट लिएका छन् । मेलबर्नले यो सिजन खेलका सबै खेलमा सुरुवाती ११ मा परेका सन्दिपले होबर्ट विरुद्धपनि एक विकेट लिएका थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest