पारस र ज्ञानेन्द्रले एमएम कप नखेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र पारस खड्काले मनमोहन मेमोरियल कप एकदिवसीय राष्ट्रिय क्रिकेट नखेल्ने भएका छन् ।

पारस र ज्ञानेन्द्रले पारिवारिक कारण देखाउँदै एमएम कप नखेल्ने भएका हुन् । प्रदेश नम्बर ३ प्रादेशिक क्रिकेट संघका अध्यक्ष राजु बस्नेतले पारस र ज्ञानेन्द्रले पारिवारिक कारण देखाउदै प्रतियोगिता खेल्न नसक्ने व्यहोराको पत्र पठाएको जानकारी गराए ।

एमएम कपका लागि प्रदेश ३ ले घोषणा गरेको टिममा पारस र ज्ञानेन्द्र रहेका छैनन् । प्रदेश ३ ले सुवास खकुरेलको कप्तानीमा १४ सदस्सीय टिमको घोषणा गरेको छ ।

सुनसरीको इनरुवामा पुसको १५ गतेबाट माघ ४ गतेसम्म आयोजना हुने प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्ने छन् ।

प्रदेश ३ को टिम स्

सुवास खकुरेल (कप्तान), इशान पाण्डे, आदील खान, रित गौतम, सोनु तामाङ, जितेन्द्र सिंह ठकुरी, राम नरेश गिरि, प्रतिष जिसी, तिलक भण्डारी, नन्दन यादव, संघर्ष पौडेल, गौतम केसी, अभिषेक बस्नेत, राजेश रिमाल

वैकल्पिक खेलाडीः भुपेन्द्र थापा, रिजन ढकाल, सुवर्ण भट्ट, प्रशान्त महत, प्रदिप परियार, उत्सव श्रेष्ठ

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest