बिग ब्यास लिगमा सन्दिपको टिमले तेस्रो जित निकाल्याे

बिग ब्यास क्रिकेट लिगमा सन्दिप लामिछानेको टिमले तेस्रो जित निकालेको छ । आज भएको खेलमा होबर्ट हुरिकेन्सलाई डक वर्थ एण्ड लुइसको नियमका आधारमा चार रनले पराजित गर्यो ।

वर्षाको कारण ११ ओभरमा छोट्टाइएको खेलमा हुरिकेन्सले ५ विकेट गुमाएर ६९ रन बनायो । उसका कलेब जेवेलले सर्वाधिक २६ रन बनाए । यस्तै कप्तान बेन मेक्डर्मटले १७ र सिमोन मिलेन्कोले १२ रनको योगदान गरे ।

मेलबर्नका डेल स्टेन र नाथन कुण्टर नाइलले समान २/२ विकेट लिए । सन्दीपले भने विकेट लिन सकेनन् । २ ओभर बलिङ गरेका उनले ११ रन  खर्चिए । जारि लिगमा सन्दीप पहिलो पटक विकेट विहीन भएका हुन् ।

जवाफमा मेलबर्नले सात ओभर तीन बलमा ५५ रन बनाउँदा फेरी बर्षा भएपछि खेल हुन सकेन । त्यसपछि डकवर्थको नियमका आधारमा मेलबर्नले बनाएको स्कोर लक्ष्य भन्दा बढि भएपछि विजी भएको हो । उसका लागि मार्कुस स्टोनीसले २५ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest