करण र सन्दिपले बनाए यस्तो रेकर्ड

२०१९ को क्रिकेट क्यालेण्डरमा नेपालका २ जना खेलाडीले ठूलो उपलब्धि हासिल गरेका छन् । त्यो हो यो १ वर्षको अवधिमा टी २० क्रिकेटमा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा नेपालका सन्दीप लामिछाने र करण केसी शीर्ष तीन भित्र अटेका छन् ।

फ्रेन्चाईज लिगहरुमा व्यस्त रहने सन्दीपले यस वर्ष २८ विकेट लिए । सन्दीपसँगै करणले पनि २८ विकेट लिएका छन् भने करण भन्दा नेदरल्याण्डका बे्रण्डन ग्लोभर पनि समान २८ विकेटका साथ दोस्रो स्थानमा छन् ।

क्रिक फोटी नामक वेभसाइटका अनुसार सन्दीपले २८ विकेट लिँदा १६ इनिङ्समा ५९ ओभर बलिङ गरेका छन् । सन्दीपले १३.७१ को एभरेजमा ६.५० को इकोनोमी रेटमा बलिङ गरेका थिए । शीर्ष स्थानमा रहेका सन्दीपलको सर्वाधिक सफल बलिङ २० रन खर्चिएर ४ विकेट हो ।

दोस्रो स्थानमा नेदरल्याण्डका ग्लोभरले सन्दीप भन्दा बढी इनिङ्स बलिङ गरेका छन् । उनले १९ इनिङ्समा ६५ ओभर बलिङ गर्दा ६.८९ को इकोनोमी रेटमा बलिङ गरेका थिए । उनको सर्वाधिक सफल बलिङ १२ रन खर्चिएर ४ विकेट हो ।

यस्तै तेस्रो स्थानमा नेपालका अलराउण्डर तथा संकट मोचकको रुपमा स्थापित करण केसी छन् । करणले १९ इनिङ्समा ६५.५ ओभर बलिङ गरेका थिए । ७.२३ को इकोनोमी रेटमा बलिङ गरेका करणको सर्वाधिक सफल बलिङ १७ रन खर्चिएर ४ विकेट हो ।

नेपालकै अविनाश बोहोरा १६ विकेटसहित ३५ औं स्थानमा छन् । १३ विकेटसहित सोमपाल कामी ५३ औं स्थानमा छन् । ललित राजबंशी १० विकेट सहित ७१ औं स्थानमा छन् । ६ विकेट लिएका नेपाली टिमका पूर्व कप्तान पारस खड्का १२५ औं तथा ५ विकेटसहित सुशन भारी १२६ औं स्थानमा छन् । २–२ विकेट लिएका पवन शर्राफ र बसन्त रेग्मी तालिकाको २१९ औं र २२० औं स्थानमा छन् । ३१३ जना खेलाडीको सूचीमा कुशल मल्ल र दीपेन्द्रसिंह ऐरी विकेट विहीन भएपनि परेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest