एमएम कप क्रिकेटमा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ६८ रनले हरायाे

मनमोहन मेमोरियल एकदिवसीय क्रिकेट प्रतियाेगितामा प्रदेश नम्बर १ ले प्रदेश नम्बर ५ लाई ६८ रनले पराजित गरेको छ।

इनरुवा रंगशालामा भएकाे खेलमा टस जितेर ब्याटिंग गरेकाे प्रदेश १ ले ३१ ओभर २ बलमा १२० रन बनायाे । उसका लागि फिर्दोश अन्सारीले २३ तथा कप्तान पुस्पा थापा र दिपेश कंडेलले समान २२-२२ रन बनाए।

बलिङमा प्रदेश-५ का बिक्रम भुसालले ५ विकेट लिए। यस्तै दुर्गेश गुप्ताले २ तथा कृष्ण कार्की, जितेन्द्र सहानी र अनिल खरेलले समान १-१ विकेट हात पारे ।

१२१ रनको लक्ष्य पछ्याउएकाे प्रदेश-५ ले १८ ओभरमा मात्र ५२ रनमा समेटियाे । उसकालागि बिराट भण्डारीले २८ तथा बिशाल बिक्रम केसीले १२ रन बनाउनु बाहेक अन्य खेलाडीले राम्राे गर्न सकेनन ।

प्रदेश १ का दिपेश कंडेल ६ विकेट लिए । उनले ७ ओभरमा १ मेडन गर्दै २० रन मात्र खर्चिए। प्रतियोगिता अन्तर्गत शुक्रबार प्रदेश ५ र प्रदेश ३ ले प्रतिस्पर्धा गर्नेछन्।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest