बिग ब्यास लिगमा सन्दिपकाे टिम मेलबर्नकाे चाैथाे जित

नेपाली खेलाडी सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले बिग बास लिगमा चौंथो जित हात पारेकाे छ । सिड्नीमा भएको खेलमा मेलबर्नले सिड्नी थन्डरलाई ३ विकेटले पराजित गर्याे ।

टस जितेर पहिले ब्याटिङ गरेको सिड्नीले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रन बनायाे । याे खेलमा चाेटका कारण सन्दिपलाइ रेष्ट दिइएकाे थियाे । सिड्नीका लागि एलेक्स रोसले ४० तथा म्याथ्यु गिल्केशले २८ रन बनाए ।

यस सिजन सन्दीपले ४ खेलमा ३ विकेट हात पारेका छन् । सिड्नीले दिएको १ सय ४३ रनको लक्ष्य मेलबर्नले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो ।

उसको जितमा निक लार्किनले ६५ तथा मार्कुस स्टोनिसले ५८ रनको याेगदान गरे । जितसँगै मेलबर्नले ५ खेलमा ८ अंकका साथ शिर्ष स्थानमा उक्लिएकाे छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest