एमएम कप एकदिवसीय क्रिकेटमा बर्षा बाधक

मनमोहन स्मृती एकदिवसिय क्रिकेट प्रतियोगिताको दोस्रो दिनको खेलको दोस्रो पारीमा बर्षा बाधक बनेको छ । प्रदेश तीन र पाँच विचको खेल बर्षाका कारण रद्द भएकाे छ।

सुनसरीको इनरुवामा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश तीन ४५ ओभर दुई बलमा एक सय ८९ रनमा अलआउट भयो ।

उसकालागि कप्तान सुवास खकुरेलले सर्वाधिक ४२ रन बनाए । यस्तै आदिल खानले २६ तथा रित गौतमले २२ रनको योगदान गरे ।

यस्तै प्रदिश जिसीले १८ तथा रामनरेश गिरीले १७ रनको योगदान गरे । बलिङमा विशाल विक्रम केसीले पाँच विकेट लिए ।

जवाफमा प्रदेश ५ ले दुई ओभर एक बलमा नौ रनमा एक विकेट गुमाएको अवस्थामा बर्षा भएपछि खेल रोकिएकाे थियाे । त्यसपछि निरन्तर बर्षा भएपछि खेल संभव हुन सकेन र रद्द भयाे । जसका कारण दुबैले एक एक अंक बाढे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest