सन्दिप लामिछानेले बिगब्यासमा लिए ३ विकेट

नेपाली लेगस्पिनर सन्दीप लामिछानले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा ३ विकेट लिएका छन् । मेलवर्न स्टार्सबाट खेलिरहेका सन्दीपले आज मोलवर्न रेनिङगार्डसविरुद्धको खेलमा अहिलेसम्म व्यक्तिगत पहिलो विकेट लिएका हुन् । पहिलो र दोस्रो ओभरमा विकेटविहीन बनेका सन्दीप आफ्नो स्पेलको तेस्रो ओभरमा विकेट लिन सफल भए । पहिलो ओभरमा ७ तथा दोस्रो ओभरमा १२ रन खर्चिका सन्दीपल व्यक्तिगत तेस्रो ओभर लिएर १५ औं ओभरमा आएका थिए ।

पहिलो र दोस्रो ओभरमा एक एक रन दिएका सन्दीपले तेस्रो बलमा साउन मार्सलाई आउट गरे । लंग अनमा उनले मार्सलाई क्याच आउट गर्दै पेभेलियन फर्काए । पहिलो विकेट पतन भएपछि क्रिजमा आएका मार्सले आक्रमक तरिकाले रन बनाइरहेका थिए । उनले ३३ बलमा ४३ रन जोड्दा ३ चौका र एक छक्का प्रहार गरेका थिए ।

सोही ओभरको चौथो बलमा एक रन खर्चिए । पाँचौं बलमा सन्दीपले टिमका लागि चौथो सफलता दिलाउँदा व्यक्तिगत दोस्रो विकेट हात पारे । उनले डेनियल क्रिष्टिनलाई पहिलो बलमै आउट गर्दै पेभेलियनको बाटो देखाएका थिए । सन्दीपले व्यक्तिगत तेस्रो ओभरमा २ विकेट लिँदै ४ रन खर्चिए । अहिलेसम्म ४ ओभर बलिङ गर्दै २६ रन खर्चिएर ३ विकेट लिएका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest