विश्वकप लिग २ काे तयारी पाेखरामा गर्ने तयारीमा क्यान

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक शृंखलाको बन्द प्रशिक्षण पोखरामा गर्ने योजना नेपाल क्रिकेट संघ क्यानले बनाएको छ ।

फेब्रुअरी ५ देखि १२ तारिख सम्म नेपालमा आयोजना हुने विश्वकप क्रिकेट लिग दुईको लागि नेपाली टोलीको बन्द प्रशिक्षण पोखरामा गर्ने तयारी क्यानको छ । करिब एक साता लामो हुने प्रशिक्षणका बारेमा क्यानले बोर्ड बैठकबाट निर्णय गर्ने छ ।

क्यानका महासचिव अशोक नाथ प्याकुरेलले प्रतियोगिताका लागि करिब एक महिना मात्र बाँकी रहेको छ । टियु क्रिकेट मैदानमा पिच तथा आउटफिल्डको काम जारी रहेकाले बिकल्पमा पोखरामा गर्ने योजना बनाएको बताए। यसका लागि क्यानको बैठकबाट फाइनल गर्ने बताए। यस बारेमा एक दुई दिन पछि निर्णय गर्ने बताए ।

मुलपानी मैदानमा प्रशिक्षणका लागि ठाँउ भएपनि मैदान अझै राम्रो नभइसकेको उनले बताए । क्यानले आइसीसीसँग यो प्रतियोगिताको लागि आफ्नो योजना बुझाइसकेको छ । जसका प्रतियोगितालाइ राम्रो बनाउन ८०-९० लाख रूपैयाँको बजेट बुझाएको महासचिव प्याकुरेलले बताए ।

लामाे समयपछि घरेलु मैदानमा प्रतियाेगिता खेल्न लागेकाे नेपाली टिमका प्रशिक्षक उमेश पटवालपनि हाल ब्यक्तिगत कारणले भारतमा रहेका छन । उनी पनि चाँडै नेपाल फर्कने र त्यसपछि टिमकाे प्रशिक्षण राखिने छ । लिग डिभिजन २ मा नेपालले पहिलाे सिरीज घरेलु मैदानमा खेल्न लागेकाे हाे ।

 

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest