इरफान पठानकाे सन्यास

भारतीय क्रिकेट टिमका बलर इरफान पठानले सवै फरम्याटबाट शनिबार सन्यास लिएका छन् । पठानले करियरमा २९ टेस्ट १२० एकदिवसीय र २४ टी २० भारतका लागि खेलेका छन् । सवै फरम्याटमा गरि इरफानले करियरमा ३०१ विकेट हात पार्न पनि सफल भए ।

सन् २००३ को डिसेम्बरमा अस्ट्रेलियाविरुद्ध डेव्यु गरेका इरफानले एक दिवसीय डेब्यु पनि अर्को बर्ष अस्ट्रेलियाविरुद्ध नै गरेका थिए । टी २० मा भने उनले २००६ मा दक्षिण अफ्रिकाविरुद्ध डेव्यु गरेका हुन् । उनले टेस्ट क्रिकेटमा १००, एक दिवसीयमा १७३ र टी २०मा २८ विकेट हात पारेका छन् । अ

एक दिवसीय भने २०१२ मा खेलेका थिए । २००७ को टी २० विश्वकप जिताउँदा महत्वपूर्ण भूमिका निर्वाह गरेका इरफान फाइनल खेलको म्यान अफ द म्याचसमेत भएका थिए । उनको नाममा टेस्ट क्रिकेटमा पहिलो ओभरमै ह्याट्रिक विकेट लिने रेकर्ड पनि बनेको छ ।

बलिङका साथै ब्याटिङमा पनि राम्रो प्रदर्शन गरेका इरफानको ब्याटबाट टेस्टमा १ हजार १सय ५, एक दिवसीयमा १ हजार ५ सय ४४ र टी २० मा १ सय ७२ रन बनेको छ । अहिले उनी क्रिकेट कमेन्टेटरको भूमिकामा देखा पर्दै आएका छन् । अन्तिम आईपीएल २०१७ मा खेलेका इरफान त्यस यताका संस्करणमा अनसोल्ड रहेका छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest