क्यानकाे बाेर्ड बैठक बस्दै

नेपाल क्रिकेट संघ क्यानको बैठक आज बस्दै छ ।

दिउँसो मुलपानीमा बस्ने बैठकले नेपालमा आयोजना गर्न लागिएको विश्वकप क्रिकेट लिग २ प्रतियोगिताको तयारीका विषयमा निर्णय गर्ने छ । कीर्तिपुरको पिच निर्माणका क्रममा रहेकाले खेलाडीहरुको बन्द प्रशिक्षण पोखरामा गर्ने क्यानकाका पदाधिकारीले बताएका छन् ।

साे प्रशिक्षणका बेला नेपाली क्रिकेट टिमले मलेसिया ११ सँग २ एकदिवसीय र २ टी-२० खेल खेल्ने कार्यक्रम रहेकाे छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक श्रृंखला फेब्रुअरी ५ देखि १२ तारिखसम्म हुँदै छ । जसमा पहिलाे खेल नेपालले ५ तारिखमा ओमानसँग खेल्नेछ ।

याे प्रतियाेगिताका लागि क्यानले अन्तराष्ट्रिय क्रिकेट काउन्सिलसँग बजेट माग गरिसकेकाे छ । जसमा क्यानले ८५ हजार अमेरीकी डलर बजेट पेश गरेकाे छ ।

बिश्वकप लिग टु नेपाल सिरिजको तालिका

माघ २२ नेपाल बिरूद्ध ओमान

माघ २३ ओमन बिरूद्ध अमेरिका

माघ २५ नेपाल बिरूद्ध अमेरिका

माघ २६ नेपाल बिरूद्ध ओमान

माघ २८ अमेरिका बिरूद्ध ओमान

माघ २९ नेपाल बिरूद्ध अमेरिका

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest