एपीएफकाे पहिलाे जित

मनमोहन स्मृती एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागिए टिम एपीएफले पहिलो जित निकालेको छ । आज भएको खेलमा उसले घरेलु टिम इनरुवालाई ८३ रनले हरायो ।

सुनसरीको इनरुवामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको एपीएफ ४३ ओभर चार बलमा दुई सय चार रनमा अलआउट भयो । सुरुवात राम्रो गर्न नसकेको एपीएफल.े ७८ रनमा तीन विकेट गुमायो । उसका ओपनर प्रज्वल शाहीले खाता खोल्न सकेनन् । यस्तै शंकर रानाले ३६ तथा प्रदिप ऐरीले १९ रन बनाए । यस्तै पृथु बास्कोटामात्र पाँच रनमा आउट भए ।

त्यसपछि सन्दिप जोरा र कप्तान बसन्त रेग्मीले १२–१२ रन बनाए । उसका लागि सुमित महर्जनले ८३ रनको पारी खेले । उनले एक सय सात बलमा सात चौका प्रहार गरे । एपीएफका पुछारका खेलाडी एकोहोरो रुपमा आउट भए । बलिङमा इनरुवाका सरोज बस्नेतले चार तथा अफ्ताज मन्सुरी, भुपाल लुइटेल, सोनु मण्डलले दुई दुई विकेट लिए ।

जवाफमा इनरुवा ३६ ओभर दुई बलमा एक सय २१ रनमा अलआउट भयो ।

उसको पनि सुरुवात भने राम्रो हुन सकेन । १२ रनमा पहिलो विकेट गुमाएको इनरुवाले ६८ रन बनाउँदा चार विकेट खेर फाल्यो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा रभी रोयले २६ तथा रुपेश श्रीवास्तवले २३ र विवेक मेहताले १५ रनको योगदान गरे । उसका पारीलाई कमजोर पार्न शुर्य तामाङले चार तथा बसन्त रेग्मीले तीन विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest