सुसन उत्कृष्ट बलिङमा आर्मी एम एम कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लव इटहरीमा जारी मनमोहन स्मृति कप एकदिवसीय क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ। घरेलु टोली इनरुवालाई १० विकेटले हराउदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो।

इटहरीको इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको इनरुवा १९ ओभर तीन बलमा ५६ अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । इनरुवाका नौ खेलाडीले खाता खोल्न सकेनन् । उसका लागि शुसान्त तिमिल्सिनाले सर्वाधिक १५ तथा सोनु मण्डलले १३ रन बनाए ।

इनरुवाको पारीलाई ध्वस्त पार्न सुसनले ह्याट्रिक लिए । टिमको आठौं ओभरमा उनले घरेलु टिम इनरुवा विरुद्धको खेलमा ह्याट्रिक लिएका हुन । उनले ब्यक्तिगत दोस्रो तथा टिमको तेस्रो ओभरको पहिलो बल डट फालेका थिए । त्यसपछि उनले तीन बलमा तीन विकेट लिए ।

जसमा सुसान्त तिमिल्सिनालाई १५ रनमा आउट गरे भने अल्फाज मन्सुरीलाई शुन्य रनमा सरोज बस्नतेलाई पनि खाता खोल्न दिएनन् । त्यसपछि पाँचौ बल डट फालेका उनले छैटौ बलमा फेरी विकेट लिए । जसमा उनले राकेश सोनीलाई शुन्य रनमा नै आउट गरे ।

एक ओभरमा मेडेन सहित चार विकेट लिएका सुसनले कुल ७ विकेट लिएका छन । उनले ८ ओभर ३ बलमा तीन मेडेन सहित १६ रन दिएर ७ विकेट लिए ।

जवाफमा आर्मीले ५ ओभरमा विना विकेटकाे क्षतीमा लक्ष्य पुरा गर्यो। उसको जितमा कुशल मल्लले ३५ तथा हरीशंकर झाले २० रन बनाए । लगातार २ खेलमा जित निकाल्दै आर्मीले सेमिफाइनलमा प्रवेश गरेकाे हाे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest