थन्डर्स बिरूद्ध सन्दिप टिममा पर्लान ?

अष्ट्रेलियन घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास लिगमा सन्दिप लामिछानेको टिम मेलबर्न स्टार्सले लिगको सातौं खेलमा भोली सिड्नी थन्डर्ससँग खेल्नेछ ।

आफ्नो होम मैदान मेलबर्न क्रिकेट मैदानमा हुने खेल दिउसो १ बजेर ५५ मिनेटमा सुरु हुनेछ । यो खेलमा नेपाली खेलाडी सन्दिप लामिछाने सुरुवाती ११ मा पर्ने प्रबल संभावना रहेको छ । थन्डर्स विरुद्धको खेलका लागि मेलबर्नले सार्वजनिक गरेको १३ खेलाडीको सूचीमा उनको नाम समावेश गरिएको छ ।

सन्दिपले जारी खेलमा ६ खेल मध्यै ५ खेल खेलेका छन । उनी एक खेलमा चोटका कारण बाहिर बसेका थिए । सन्दिपले अहिलेसम्म ६ विकेट लिएका छन । सुरुवाती तीन खेलमा तीन विकेट लिएका उनले मेलबर्न डर्वीमा तीन विकेट लिएका थिए । सो खेलमा उनले चार ओभरमा २६ रन दिएका थिए ।

लिगको शिर्ष स्थानमा रहेको मेलबर्न र चौथो स्थानमा रहेको थन्डर्स विचको खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । जारी प्रतियोगितामा एक खेल मात्र हारेको मेलबर्नको ६ खेलमा १० अंक छ । यता थन्डर्सको सात खेलमा सात अंक रहेको छ ।
भोलीको खेलमा जित निकालेमा मेलबर्न आफ्नो शिर्ष स्थान कायम राख्नेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest