दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा इंग्ल्याण्ड १८९ रनले विजयी

दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टमा इंग्ल्याण्ड १८९ रनले विजयी भएको छ । योसँगै चार वटा टेस्ट म्याचको शृंखलामा इंग्ल्याण्डले एक एकको बराबरी गरेको छ ।

केप टाउनमा ४३८ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका पाँचौं दिन २४८ रनमा समेटिन पुग्यो । पहिलो पारिमा २६९ रन बनाएको इंग्ल्याण्डले अफ्रिकालाई २२३ रनमा रोकेको थियो ।

पहिलोपारिबाट ४६रनको अग्रता बनाएको इंग्ल्याण्डले दोस्रो पारिमा ८ विकेट गुमाएर ३९१ रन बनाएपछि अफ्रिकालाई ४३८ रनको लक्ष्य दिएको थियो ।

४३८ रनको लक्ष्य पछ्याउने क्रममा पिटर मलनले ८४ तथा क्विन्टन डी ककले ५० रन बनाएका थिए । इंग्ल्याण्डलाई जिताउन बेन स्टोक्सले ३ विकेट लिँदा जेम्स एन्डरसन र जोय डेन्लीले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest