दोस्रो टी २० खेलमा भारत ७ विकेटले विजयी

श्रीलंका विरुद्धको दोस्रो टी २० खेलमा भारत ७ विकेटले विजयी भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १४२ रन बनायो ।

श्रीलंकाका लागि कुशल परेराले सर्वाधिक ३४ रन बनाउँदा अविष्का फर्नान्डोले २२ रन बनाए । यस्तै धनुष्का गुनाथिल्का २० रन बनाउँदा धनन्जय डा सिल्भाले १७ रनको योगदान गरे ।

वेनाडु हसरंगा १६ रनमा नट आउट रहे । भारतका सार्दुल ठाकुरले एकै ओभरमा तीन विकेट लिँदै श्रीलंकालाई ठूलो स्कोर बनाउन रोकेका थिए । यस्तै कुलदीप यादव र नवदीप सैनीले २–२ विकेट लिए । पहिलो टी २० वर्षाका कारण रद्द भएको थियो ।

जवाफमा भारतले १७ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पुरा गर्यो । बलियो सुरुवात गरेको भारतले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गरेको थियो । उसका केएल राहुलले ४५ रन बनाए ।

त्यसपछि शिखर धवन ३२ रनमा आउट हुँदा भारतले ८६ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि श्रेयर ऐयर र कप्तान विराट कोहलीले भारतलाई जित दिलाए ।

ऐयरले ३४ रन बनाए भने कोहलीले २४ रनको योगदान गरे । बलिङमा श्रीलंकाका वानिन्दु डी सिल्भाले दुई विकेट लिए ।

जितसँगै भारतले तीन खेलको सिरीजमा एक शुन्यको अग्रता बनाएको छ । यी दुई टिम विचको पहिलो खेल बर्षाले रद्द भएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest