नेपाल पुलिस क्लवले कर्णाली प्रदेशलाई तीन सय ४७ रनको विशाल लक्ष्य

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगितामा विभागिए टिम नेपाल पुलिस क्लवले कर्णाली प्रदेशलाई तीन सय ४७ रनको विशाल लक्ष्य दिएको छ ।

सुनसरीको इनरुवामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४९ ओभर तीन बलमा तीन सय ४६ रनमा अलआउट भयो ।
बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो । जसमा अमित श्रेष्ठले २९ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले २५ रनको योगदान गरे । उसका प्राय सबै खेलाडीले राम्रो खेले ।

पुलिसका लागि अनिल शाले ३६ रन बनाए भने दिलिप नाथ र पवन सराफले १५–१५ रनको योगदान गरे । कप्तान मञ्जित श्रेष्ठले १८ रनको योगदान गरे ।

उसका कुशल भुर्तेलले ७८ रन बनाउँदा सुनील धमलाले ७० रनको योगदान गरे । भुर्तेलले ४९ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यस्तै धमलाले ९५ बलमा छ चौका र एक छक्का प्रहार गरे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest