सन्दिपकाे टिमकाे छैटाैं जित

बिग ब्यास क्रिकेट लिगमा नेपाली बलर सन्दिप लामिछानेको टिमले छैटौं जित निकालेको छ । जसमा उसले सिड्नी थन्डर्सलाई ६ विकेटले हरायो । जितसँगै उसले आफुलाई लिगको शिर्ष स्थानमा एथावत राखेको छ । यो खेलमा नेपाली बलर सन्दिप लामिछाने विकेट विहिन बने ।

टस हारेर ब्याटिङको निम्तो पाएको सिड्नी थन्डर्सले २० ओभरमा एक सय ४५ रन बनायो । उसका लागि कप्तान कालुम फर्गुसनले ३५ रन बनाए भने उस्मान ख्वाजाले ३३ रन बनाए ।

बलिङमा मेलबर्नका हरिस रउफले ह्याट्रिक लिए । नेपाली बलर सन्दिप लामिछाने विकेट विहिन बने । उनले चार ओभरमा ३९ रन दिए ।

जवाफमा मेलबर्नले १७ ओभर तीन बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसका जितमा कप्तान ग्लेन म्याक्सवेलले ५५ तथा मार्कुस स्टोनीसले ५० रन बनाए । जितसँगै मेलबर्न सात खेलमा १२ अंकका साथ लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest