पुलिसले कर्णाली प्रदेशलाई २७६ रनका भारी अन्तरले हरायो

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लवले पहिलो जित निकालेको छ । आज भएका खेलमा पुलिसले कर्णाली प्रदेशलाई २७६ रनका भारी अन्तरले हरायो ।

सुनसरीको इनरुवामा जारी खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस ४९ ओभर तीन बलमा तीन सय ४६ रनमा अलआउट भयो ।
बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ६९ रनको साझेदारी गरेको थियो । जसमा अमित श्रेष्ठले २९ रन बनाए । यस्तै दिपेन्द्र ऐरीले २५ रनको योगदान गरे । उसका प्राय सबै खेलाडीले राम्रो खेले ।

पुलिसका लागि अनिल शाले ३६ रन बनाए भने दिलिप नाथ र पवन सराफले १५–१५ रनको योगदान गरे । कप्तान मञ्जित श्रेष्ठले १८ रनको योगदान गरे ।

उसका कुशल भुर्तेलले ७८ रन बनाउँदा सुनील धमलाले ७० रनको योगदान गरे । भुर्तेलले ४९ बलमा सात चौका र पाँच छक्का प्रहार गरे । यस्तै धमलाले ९५ बलमा छ चौका र एक छक्का प्रहार गरे ।

जवाफमा कर्णाली प्रदेश २७ ओभर एक बलमा ७९ रनमा अलआउट भयो । उसका चार खेलाडीले दोहोरो अंक जोड्दा सर्वाधिक रन बनाउने खेलाडी युनिश सिंह बने । उनले २३ रन बनाए । बाँकी खेलाडी सस्तैमा आउट भए । कर्णालीको पारीलाई ध्वस्त पार्न ललित राजवंशी, मञ्जित श्रेष्ठ र सागर ढकालले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest