एन्डरसनले बाँकी खेल गुमाउने

इंग्ल्यान्डका बलर जेम्स एन्डरसनले दक्षिण अफ्रिकाविरुद्धको बाँकी टेष्ट गुमाउने भएका छन् ।

दोस्रो टेष्टका दौरान छातीको करङको हड्डीमा चोट बोकेपछि एन्डरसन बाँकी टेष्टमा उपलब्ध नहुने भएका छन् ।

३७ वर्षीय बलर एन्डरसनले दोस्रो टेष्टको अन्तिम दिन मात्र २ ओभर बलिङ गरेका थिए । दोस्रो टेष्ट इंग्ल्यान्डले जित्दै सिरिज १(१ को बराबरी समेत गरेको थियो ।

अब दक्षिण अफ्रिका र इंग्ल्यान्डबीचको तेस्रो टेष्ट जनवरी १६ मा सुरु हुनेछ । त्यसको अर्को साता चौंथो टेष्ट हुनेछ ।

एन्डरसन चोटको कारण टिमबाट बाहिरिएसँगै इंग्ल्यान्डलाई बलरको अभाव देखिएको छ । तर,दोस्रो टेष्टमा टिममा नरहेका जोफ्रा आर्चर फर्किने बताईएको छ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest