वार्नकाे टेष्ट क्याप लिलाममा

विश्व क्रिकेटका महान खेलाडीको सूचीमा पर्ने अष्ट्रेलियन पूर्व खेलाडी सेन वार्नले अक्सनमा राखेको आफ्नो ब्यागी ग्रिन क्यापमा पाँच लाख अष्ट्रेलियन डलरको बोलि लागेको छ । जुन अझैपनि बढ्दो क्रममा रहेको छ ।

उनले राखेको अक्सनको मिती सकिन अझै दुई दिन बाँकी रहेको बेला अहिलेसम्म उनको क्याप खरिदका लागि ५ लाख अष्ट्रेलियन डलर तिर्न तयार रहेको ब्यक्ति फेला परेको छ ।

अष्ट्रेलियामा भएको बुसफायरका लागि सहयोग गर्न वार्नले आफ्नो क्यापलाई लिलामीमा राखेका थिए । अष्ट्रेलियन टेष्ट खेल्ने खेलाडीले लगाउने क्यापलाई अक्सनमा राख्ने अर्का खेलाडी जेफ थमसनपनि रहेका छन ।

वार्नको सो क्यापमा बोलि लागेको अहिलेसम्म कै धेरै रकम हो । यसअघि डन ब्राडम्यानको यस्तै क्यापलाई सन् २००३ मा चार लाख २५ हजार अष्ट्रेलियन डलरमा खरिद गरिएको थियो ।

टेष्ट क्रिकेटमा सर्वाधिक सफल बलर मानिने ५० बर्षे वार्नले सात सय ८ विकेट लिएका छन । उनी सर्वकालिन महान लेग स्पिनरका रुपमा चिनिन्छन ।

आफ्नो क्यापमा यति धेरै रकमको बोली लागेपछि उनले सबैलाई धन्यवाद दिएका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest