कर्णाली प्रदेश एमएम कप क्रिकेटबाट बाहिरीयाे

एम एम कप एकदिवसीय क्रिकेटमा प्रदेश दुई ८ विकेटले विजयी भएको छ । सुनसरीको इनरुवा क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कर्णाली ३१.५ ओभरमा सवै विकेट गुमाउँदै १२९ रनमा रोकिन पुग्यो । कर्णालीका लागि कप्तान रविन्द्र शाहीले सर्वाधिक ४६ रन बनाएका थिए । ६८ बल फेस गरेका रविन्द्रले आफ्नो पारिमा ६ चौका र १ छक्का प्रहार गरे । रविन्द्रले पहिलो विकेटका लागि विपिन रावलसँग ४१ रनको साझेदारी गरेका थिए । विपिन १० रन बनाउँदै हरिसंकर शाहको बलमा सुधिर चौधरीको हातबाट क्याच आउट भए । कर्णालीको स्कोर ४२ रन पुग्दा विजय विष्ट १ रन बनाएर आउट भएका थिए ।

त्यसपछि क्रिजमा आएका टेक मगर पनि धेरै बेर टिक्न सकेनन् । मगर व्यक्तिगत ५ रन बनाएर आउट हुँदा कर्णालीले ३ विकेटको नोक्सानीमा ५१ रन बनाएको थियो । प्रकाश जैसी र ओपनर रविन्द्रले कर्णालीको इनिङ अगाडि बढाएका थिए । स्कोर ९० रन हुँदा रविन्द्र आउट हुन पुगे । उनी व्यक्तिगत ४६ रनमा आउट भएका थिए ।

त्यसलगत्तै जैसी पनि १५ रन बनाएर पेभेलियन फर्केपछि २१.१ ओभरमा ५ विकेट गुमाएर ९२ रनको योगफल बनाएको थियो । छैटौं विकेटको रुपमा दिनेश अधिकारी ३ रन बनाएर आउट भएका थिए । यस्तै सातौ ब्याट्सम्यानको रुपमा क्रिजमा आएका दिवान पुनले कर्णालीको स्कोरमा रन थप्न योगदान गरे । उनी २३ रन बनाएर अन्तिम विकेटको रुपमा आउट हुँदा ३३ बलमा २ चौका प्रहार गरेका थिए । उनीभन्दा अगाडि आउट भएका अरु तीजा खेलाडी ३ रन मुनिनै पेभेलियन फर्किएका थिए ।

प्रदेश २ का मेहबुब आलमले तीन विकेट लिँदा हरिशंकर साह र आदिल अन्सारीले दुई दुई विकेट लिए । कुमार थापाले एक विकेट लिँदा २ जना कर्णालीका ब्याट्सम्यान रन आउट भएका थिए ।

१३० रनको लक्ष्य पछ्याएको प्रदेश दुई २२.५ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो ।

प्रदेश २ को जितमा हसिम अन्सारी ४४ तथा सुरज पटेल १८ रनमा नट आउट रहे । १० रन हुँदा हरिशंकर साह ५ रन बनाएर आउट भएका थिए । दोस्रो विकेटको रुपमा प्रताप सिंह २ रन बनाएर आउट भए । प्रदेश २ ले गुमाएको २ विकेट कर्णालीका अनुज चुनारा र दिने अधिकारीले एक एक विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest