बिग ब्यास लिगमा सन्दिपकाे एक विकेट

विग ब्यास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दिप लामिछानको टिम मेलबर्न स्टार्सले मेलबर्न रेनेगेट्स विरुद्ध टस जितेर बलिङ गरिरहेको छ । जसमा सन्दिपले तीन ओभरमा ३३ रन दिएर एक विकेट लिएका छन ।

जसमा सन्दिप लामिछानेले पहिलो ओभरमा ११ रन दिएका छन । टिमको नबौ तथा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दिपले पहिलो बलमा नै छक्का खान पुगे ।

त्यसपछि दोस्रो र तेस्रो बलमा एक एक रन दिएका उनले चौथो बल डट फाले । त्यसपछि पाँचौ बलमा दुई रन दिएका उनले अन्तिम बलमा एक रन खर्चिए ।

त्यसपछि दोस्रो ओभरमा सन्दिपले १२ रन खर्चिए ।

टिमको १२ औं तथा ब्यक्तिगत दोस्रो ओभर लिएर आएका उनले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा पनि उनले एक रन खर्चिदा तेस्रो बल डट फाले । तर चौथो बलमा सन मार्सले छक्का प्रहार गरे ।

पाँचौ बल डट फालेका सन्दिले अन्तिम बलमा चौका खान पुगे । जसका कारण उनले दोस्रो ओभरमा १२ रन दिए ।

तेस्रो ओभरमा सन्दिपले पहिलो बल डट फालेका थिए भने दोस्रो बलमा दुई रन दिए । तेस्रो बलमा उनले सन मार्सको विकेट लिन सफल भए । उनलाई सन्दिपले ६३ रनमा पेभेलियन फर्काए । त्यसपछि सन्दिपले बाँकी २ बल डट फाले । तर अन्तिममा चाैका खान पुगे ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest