एभरेष्ट प्रिमियर लिग टि–२० क्रिकेट प्रतियोगिताको नयाँ सिजनका लागि पोखरा राइनोजका पुर्वकप्तान शक्ति गौचनकाे स्थानमा लाेकेश बमलाइ टिममा लिएकाे छ ।
इपीएलले शुक्रबार जारी गरेको विज्ञप्तिमा शक्तिको स्थानमा टोलीले यू–१९ टोलीका ब्याट्सम्यान लोकेशलाई अनुबन्ध गरेकाे जनाएकाे छ । यस्तै चितवन टाइगर्सका कप्तान रहेका दीपेन्द्रसिंह ऐरी काठमाडौं किंग्स ११ मा प्रवेश गरेका छन । काठमाडौं किग्स ११ का कप्तान सोमपाल कामी चितवन टाइगर्समा गएका छन्।
काठमाडौंले नै नरेश बुढाऐरको स्थानमा सुबास खकुरेल र सुशिल कडेँलकाे स्थानमा आकाश चन्दलाई परिवर्तन गरेको छ। खेलाडी किनबेच र परिवर्तनको रकम भने गोप्य राखिएको छ।
Discussion about this post