सुवास र भुवनकाे सिनियर टिमकाे क्याम्पमा कमब्याक

आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत ओमान र अमेरीका विरुद्धको खेलका लागि नेपाल क्रिकेट संघले पहिलो चरणमा २४ खेलाडी प्रशिक्षणमा बोलाएको छ । जसमासुवास खकुरेल र भुवन कार्कीले कमब्याक गरेका छन भने तीन जना नयाँ खेलाडीले पहिलो पटक क्याम्पमा स्थान बनाएका छन ।

चोटका कारण एक बर्ष टिमबाहिर रहेका सुवासले सिनियर टिमको क्याम्पमा कमब्याक गरेका छन । यस्तै पछिल्लो पटक टिम बाहिर रहेका भुवन कार्कीले पनि क्याम्पमा स्थान बनाएका छन । यसपटकको क्याम्पमा पहिलो पटक स्थान बनाउने खेलाडीमा किशोर महतो, लोकेश बम र सुनित महर्जन रहेका छन ।

सुवासले एक बर्षपछि पोखरा प्रिमियर लिग क्रिकेटबाट कमब्याक गरेका थिए । यस्तै एमएम कपमा पनि उनले राम्रो खेलेका छन । यस्तै भुवनले पनि पीपीएलमा आफ्नो उत्कृष्ट प्रदर्शन गरेका थिए । क्यानले प्रशिक्षक उमेश पटवालसँगको सल्लाहपछि २४ खेलाडीको नामावली सार्वजनिक गरेको हो ।

क्याम्पमा रहेका खेलाडी यसप्रकार रहेका छन ।
ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, अभिनाश बोहोरा, विनोद भण्डारी, करण केसी, कुशल मल्ल, ललित राजवंशी, पारस खड्का, पवन सराफ, रासिद खान, रोहितकुमार पौडेल, सोमपाल कामी, सन्दिप जोरा, सुशान्त भारी, शरद भेषवाकर, सन्दिप लामिछाने, सुभाष खकुरेल, भुवन कार्की, कुशल भुर्तेल, बसन्त रेग्मी, किशोल महतो, लोकेश बम र सुनित महर्जन रहेका छन ।

सिनियर टिमले आजबाट सामान्य प्रशिक्षण गरेको बताइएको छ । तर तीन दिनपछि नेपाली क्रिकेट टिमले पोखरामा क्याम्प सुरु गर्नेछ । हाल सिनियर टिमका प्रशिक्षक उमेश पटवाल बाहिर रहेकाले उनी नभएको अवस्थामा पूर्व प्रशिक्षक जगत टमाटाले सिनियर टिमको क्याम्पमा सहयोग गर्नेछन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest