श्रीलंका विरुद्धको तीन खेलको श्रृखंला भारतले जित्याे

श्रीलंका विरुद्धको तीन टी २० खेलको श्रृखंला भारतले क्लिनस्विप गरेको छ । तेस्रो तथा अन्तिम खेलमा श्रीलंकालाई ७८ रनले हराउँदै भारतले सिरीज दुई शुन्यले आफ्नो पक्षमा पार्यो ।

टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली भारतले निर्धारित ओभरमा ६ विकेट गुमाएर २०१ रन बनायो । भारतले उत्कृष्ट सुरुआत गरेको थियो ।

पहिलो विकेटका लागि शिखर धवन र केएल राहुलले ९७ रनको साझेदारी गरेका थिए । धवन ५२ रन बनाएर आउट भए । उनले ३६ बलमा ७ चौका र १ छक्का प्रहार गरे । यस्तै सन्जु सामसन व्यक्तिगत ६ रन बनाएर आउट हुँदा भारतको स्कोर १०६ रन रहेको थियो ।

धवन र मनिस पाण्डेले भारतको इनिङ्स अघि बढाएका थिए । तर व्यक्तिगत ५४ रन बनाउँदा धवन पनि पेभेलियन फर्किए । ३६ बलमा धवनले ५ चौका र १ छक्का प्रहार गरे । श्रीयस एय्यर भने धेरैबेर क्रिजमा टिक्न सकेनन् । उनी ४ रन बनाएर आउट भएका थिए ।

मनिस पाण्डे र कप्तान विराट कोहलीले टिमको स्कोर १५० कटाएका थिए । कोहली व्यक्तिगत २६ रन बनाउँदै रनआउटको शिकार बने ।

उनले १७ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए । कोहली पछि क्रिजमा आएका वासिंगटन सुन्दर पहिलो बलमै आउट हुन पुगेका थिए । उनले खाता नै खोल्न सकेनन् । सार्दुल ठाकुरले पनि आक्रामक सट प्रहार गरेका थिए ।

अन्तिमसम्म क्रिजमा रहेका मनिष पाण्डे ३१ रनमा नट आउट रहँदा ठाकुर ८ बलमा २२ रन बनाउँदै नट आउट रहे । श्रीलंकाका लक्षण सन्दकनले तीन विकेट लिँदा वेनाडु हसरंगा र लिहरु कुमाराले एक एक विकेट लिए ।

जवाफमा १५ ओभर ५ बलमा एक सय २३ रनमा अलआउट भयो ।

जवाफमा १५ ओभर ५ बलमा एक सय २३ रनमा अलआउट भयो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । पारीको सुरुवात देखिनै विकेट झर्न सुरुभएको श्रीलंकाको अन्तिमसम्म कायम रह्यो ।

पाँच रनमा पहिलो विकेट गुमाएको श्रीलंकाले ११ रनमा दोस्रो, १५ रनमा तेस्रो र २६ रनमा चौथो विकेट गुमायो । त्यसपछि एंगोलो म्याथ्युज र धनन्जय डी सिल्भाले अर्धशतकीय साझेदारी गर्दै टिमको पारी सम्हाल्ने प्रयास गरेका थिए । तर म्याथ्युज ३१ र डी सिल्भा ५७ रनमा आउट भएपछि श्रीलंकाको पारी ध्वस्त भयो ।

श्रीलंकाको पारीलाई ध्वस्त पार्न नभदिप सैनीले तीन तथा सरदुल ठाकुर र वासिङटन सुन्दरले दुई दुई विकेट लिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest