टी-२० बरियतामा पारस र सन्दिप यथावत

अन्तराष्ट्रिय क्रिकेट परिषदकाे टी-ट्वान्टीकाे नयाँ बरियतामा नेपालका ४ खेलाडी परेका छन । जसमा पूर्व कप्तान पारस खड्का, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने बरियतामा अटेका छन ।

अलराउण्डरतर्फ पारस २५ औं स्थानमा यथावत रहेका छन् । उनी अफगानिस्तानका राशिद खान, भारतका हार्दिक पाण्डय, दक्षिण अफ्रिकाका क्रिस मोरिस भन्दा अघि रहेका छन् ।

यस्तै अलराउण्डरतर्फ करण ७४ औं स्थानबाट ७५ औं स्थानमा झरेका छन । सोमपाल कामी ६८ औं स्थानमा पुगेका छन ।

ब्याटिङतर्फ पारस ६० औं स्थानमा यथावत रहेका छन् । बलिङको वरियतामा सन्दीप ८४ औं स्थानमा यथावत छन् ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest