सुदुरपश्चिम प्रदेश एमएम कपकाे सेमिफाइनलमा

सुदूरपश्चिम प्रदेश सुनसरीमा जारी मनमोहन मेमोरियल कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सुदुरले गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान बनायाे ।

इनरुवामा रंगशालामा भएकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी २३ ओभर ३ बलमा अलआउट हुँदै ६४ रनमा समेटियो ।

गण्डकीका लागि किशोर महतोले सर्वाधिक १७ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

सुदूरपश्चिमका विनोद लामाले एक्लैले ७ विकेट लिए । उनले ९ ओभर ३ बलमा मात्र १४ रन खर्चिए । शेर मल्लले दुई विकेट लिए ।

६५ रनको लक्ष्य सुदूरपश्चिमले १० ओभर २ बलमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । उसकाे जितमा गजेन्द्र बोहराले ३४ रन बनाए । खड्क बोहरा १६ रनमा अविजित रहदा अरुण ऐरीले अविजित १० रन बनाए । गण्डकीका दिपेश खत्रीले १ विकेट लिए ।

जितसँगै समूह डी को सुदूरपश्चिमले २ खेलमा २ जितसहित ४ अंकका साथ शीर्ष स्थानमा रहदै सेमिफाइनलमा प्रवेश गरेकाे छ । अब सेमिफाइनलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लब र प्रदेश-३ बीच खेल हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest