सिड्नी बिरूद्ध सन्दिप टिममा, मेलबर्न ब्याटिङमा

बिग ब्यास क्रिकेट लिगमा सिड्नी सिक्सर्स विरुद्धको खेलमा मेलबर्नले ब्याट फ्लिप हारेर ब्याटिङको निम्तो पाएको छ । आजको खेलमा पनि नेपाली खेलाडी सन्दिप लामिछाने टिममा परेका छन ।

जारी लिगमा यी दुई टिम दोस्रो पटक खेल्न लागेका हुन । यसअघि भएको खेलमा मेलबर्नले सिड्नीलाई हराएको थियो । लिगमा अहिलेसम्म एक खेलमात्र हारेको मेलबर्नका लागि आज नेपाली खेलाडी सन्दिप लामिछाने खेल्ने प्रबल संभावना रहेको छ ।

यता सिड्नीले जारी लिगमा दुई खेलमा हार ब्यहोरेको छ । घरेलु मैदानमा मेलबर्न सिड्नी विरुद्ध जितको यात्रालाई कायम राख्न चाहन्छ । जारी लिगमा सात खेलमा ८ विकेट लिएका सन्दिपले अघिल्लो खेलमा ३९ रन दिएर दुई विकेट लिएका थिए ।

त्यसैले पनि उनी आजको खेलमा टिममा पर्ने प्रबल संभावना रहेको छ । आज सिड्नीलाई हराएमा अंक तालिकामा मेलबर्नले दुरी बढाउनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest