सन्दिपकाे नाममा एक विकेट

नेपाली खेलाडी सन्दीप लामिछाने आवद्ध मेलवर्न स्टार्सले अस्ट्रेलियामा जारी बिग ब्यास लिग क्रिकेटमा आठौं जित दर्ता गरेको छ । तालिकको शीर्ष स्थानमा रहेको मेलवर्नले दोस्रो स्थानको सिड्नी सिक्सर्सलाई ४४रनले पराजित गरेको हो ।

मेलवर्नले दिएको २२० रनको विशाल लक्ष्य पछ्याएको सिक्सर्स ७ विकेट गुमाउँदै १७५ रनमा रोकिन पुग्यो । सिक्सर्सका लागि मोएसिस हेनरिकले ४१ रन बनाउँदा जोर्डन सिल्कले ३२ रन बनाए । यस्तै डेनियल हग्सले २० तथा जेम्स भिन्सले १६ रन बनाए । वने डारविस अन्तिमसम्म टिक्दै नट आउट सर्वाविधक ४२ रन बनाए पनि मेलवर्नले दिएको विशाल लक्ष्य पार गराउन असफल रहे ।

आइतबारको खेलमा सन्दीप विकेट विहीन बन्नु परेन । सन्दीपले ४ओभरमा ३५ रन खर्चिएर १ विकेट हात पारे ।  मेलवर्नको आठौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा मोसिस हेनरिकले छक्का प्रहार गरेका थिए । तेस्रो बल डट राखेका सन्दीपले चौथो बलमा २ रन दिन पुगे । पाँचौ बल डट राख्दै रन रोक्ने प्रयास गरेका सन्दीपले छैटौं बलमा एक रन दिन पुगे । उनले पहिलो ओभरमा १० रन खर्चिएका थिए ।

दोस्रो ओभर लिएर टिमको दशौं ओभरमा आएका थिए । पहिलो बल डट राखेका सन्दीपले दोस्रो बलमा २ रन दिए भने तेस्रो बलमा छक्काको सामना गरे । चौथो र पाँचौं बलमा एक एक रन दिएका सन्दीपले अन्तिम बलमा भने एक रन पनि खर्चिएनन् । उनले दोस्रो ओभरमा पनि १० रन नै खर्चिए । २ ओभरमा २० रन खर्चिदासम्म सन्दीप विकेट विहीन नै थिए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest