सन् २०२३ टी–२० विश्वकपमा २० टिम पुर्‍याउने तयारीमा आईसीसी

अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले सन् २०२३ को टी–२० विश्वकपमा सहभागी देशकाे संख्या २० पुर्‍याउने तयारी गरेकाे छ ।

आईसीसीले सार्वजनिक गरेकाे रिपोर्ट अनुसार ४ राष्ट्रलाई थप गर्दै १६ सहभागी राष्ट्रबाट २० पुर्याउने तयारी गरेकाे हाे । बैठकमा सन् २०२३ देखि २०३१ सम्मको क्रिकेट सत्रमा लामो छलफल भएपछि याे नयाँ ढाँचा बनाउने सहमति भएकाे हाे । 

जसमा एसाेसियट देशका लागि फाइदा हुने देखिएकाे छ । अमेरिका, क्यानाडा, जर्मनी, नाइजेरिया जस्ता देशमा क्रिकेटको क्रेज बढाउन आईसीसीले बिभिन्न प्रतियोगिता आयोजना गर्दै आएको र यसलाइ थप बढाउने भएकाे छ ।

२० राष्ट्रलाई विश्वकपमा समावेश गर्ने भएपछि उसले यसकालागि २ वटा विकल्प पनि बनाएकाे छ । जसमा विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठुला ठुला राष्ट्रसंग खेल्ने र दोस्रो, आईसीसीले ४ समुह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समुहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने रहेकाे छ ।

यदि याे याेजना पारित भएमा नेपालजस्ता एसाेसियट र क्रिकेटकाे क्रेज भएका देशका लागि बढि फाइदा हुनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest