मलेसियन ११ ले गण्डकी प्रदेशलाई १९२ रनले हरायो

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेटमा पाहुना टिम मलेसिया ११ जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ । लिगको अन्तिम खेलमा मलेसियन ११ ले गण्डकी प्रदेशलाई १९२ रनले हरायो ।

इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रन बनायो ।

मलेसियाको उच्च स्कोरमा ३ खेलाडीले अर्धशतक बनाए । जसमा ऐनोल हकिमले सर्वाधिक ८९ रन बनाउँदा भुसन सेभ र भिरनदिप सिंहले समान ५० र ५० रन बनाए । यस्तै कप्तान अहमेद फाइजले ३१, मोहमद अरिफले २० रनको योगदान गरे । गण्डकीका बिपिन खत्रीले ३ विकेट लिए । यस्तै चन्द्र पौडेलले २ र गोविन्द प्रधानले १ विकेट हात पारे ।

जवाफमा गण्डकी २७ ओभर दुई बलमा एक सय ६ रनमा अलआउट भयो । उसका तीन खेलाडीले मात्र दोहोरो अंक जोड्न सफल भए । जसमा विपिन खत्रीले सर्वाधिक ४२ रन बनाए ।

निकै खराव सुरुवात गरेको गण्डकीले १० रनमा पहिलो विकेट गुमायो । ११ रनमा दोस्रो विकेट खेर फालेको उसले ३१ रन बनाउँदा चार विकेट झारेको थियो । त्यसपछि उसले ६७ रन बनाउँदा सात विकेट गुमायो । अन्ततः १०६ रनमा अलआउट भयो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest