भारतद्वारा अष्ट्रेलियासामु २५६ रनकाे लक्ष्य

भारतले अष्ट्रेलियालाई २ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ ।

मुम्बईको वानखडे रंगशालामा टस हारेर ब्याटिङ थालेको घरेलु टोलि भारत ४९ ओभर एक बलमा २ सय ५५ रनमा समेटियो ।

सुरूवात राम्राे गरेपनि उसका पुछारका खेलाडी एकपछि अर्काे रूपमा पेभेलियन फर्किए । उसका लागि रोहित शर्मा १० रनमा क्याच भए । दोस्रो विकेटका लागि शिखर धवन र लोकेश राहुलले १ सय २१ रनको साझेदारी गर्दै भारतलाइ बलियाे स्थितीमा पुर्याएका थिए ।

राहुलले  ४७ रन बनाए भने शिखर धवन ७४ रनमा अगरबाट क्याच भए ।  उनले ९१ बलमा ९ चौका र १ छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीलाई १६ रनमा पेभेलियन फर्किए । त्यसपछि श्रेयस ऐरलाई ४ रबिन्द्र जडेजा २५ रनमा आउट भए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest