मुर्तजाले छाेडे बाेर्डकाे सम्झाैता

बंगलादेश क्रिकेट टिमका एकदिवसिय खेलका कप्तान मशरफे मुर्तजाले बोर्डसँगको सेन्ट्रल कन्ट्रयाक्टबाट नाम फिर्ता लिएका छन । उनले सो सम्झौताबाट नाम फिर्ता लिएपछि सन्यासको तयारीमा रहेको आंकलन गर्न थालिएको छ ।

मुर्तजाले उनले एउटा अन्तवार्तामा हिजोसम्म आफु बोर्डको सम्झौतामा रहेको र अब नभएको बताए । यस विषयमा बोर्डका अध्यक्ष जनमूल हसनले मुर्तजा सम्झौतामा रहेर आगामी दिनमा बस्न नचाएको बताए । जसमा बोर्डले उनको प्रस्तावलाई स्विकार गरेको बताए ।

अध्यक्ष हसनले मुर्तजाको विदाईलाई सानदार रुपमा पार्टि दिएर गर्न अनुरोध गरेको बताए । जुन अहिलेसम्म नभएको र आगामी दिन पनि नहुने किसिमले पार्टि दिन बताएका छन । तर यो विषयमा मुर्तजाले अस्विकार गरेको बताए ।

मुर्तजाले तत्काल आफु सन्यास नलिने बताए । आगामी दिनमा पनि खेल्ने इच्छुक रहेको बताउँदै उनले अहिले जे खेलिरहेको छु निकै खुसी छु । मलाई आफु सन्यास कहिले लिन्छु त्यो आफैलाई थाहा नभएको बताए ।

मुर्तजाले सेन्ट्रल कन्ट्रयाक्टबाट नाम फिर्ता लिएपछि उनलाई आर्थिक रुपमा हरेक महिना लाखौ घाटा भने हुने भएको छ । जसमा उनले हरेक महिना ५ हजार अमेरीकी डलर गुमाउनेछन । यसका साथै उनको स्पोन्ससिपको डिल पनि गुम्ने भएको छ । स्टार अलराउण्डरले टेष्ट खेलको म्याच फि बढाउन बोर्डलाई आग्रह गरेका छन ।

मुर्तजाले बंगलादेशबाट ३६ टेष्ट, २१७ एकदिवसिय र ५४ टी २० खेलेका छन । जसमा टेष्टमा ७९७ रन र ७८ विकेट लिएका छन भने एकदिवसिय १७८६ रन र २६६ विकेट लिएका छन । यस्तै टी २० मा ३७७ रन र ४२ विकेट हात पारेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest