पाेखरामा राष्ट्रिय क्रिकेट टिमकाे प्रशिक्षण सुरू

आइसीसी विश्वकप क्रिकेट लिग २ का लागि नेपाली टिमले पोखरामा बन्द प्रशिक्षण सुरु गरेको छ ।

काठमाडौंको कीर्तिपुर र मुलपानीको मैदानमा मर्मतको काम भइरहेकाले राष्ट्रिय टिमलाई नेपाल क्रिकेट संघले पोखरामा क्याम्पमा पठाएको हो । जसमा टिमले आज पहिलो दिन पोखरा क्रिकेट मैदानमा प्रशिक्षण गरेको छ ।

पोखरा क्रिकेट मैदानमा टिमको प्रशिक्षणका लागि मैदानमा नै नेट तयार पारिएको छ । काठमाडौंबाट बलिङ मेसिन लगिएको छ । टिमको प्रशिक्षणका लागि मैदानको छेउमा पनि नेट बनाइएको छ ।

क्यानले ओमान, अमेरीका सम्मिलिन त्रिकोणात्मक सिरीजका लागि २४ जना बन्द प्रशिक्षणमा बोलाएको छ । जसमा टिमले तीन दिन काठमाडौंमा प्रशिक्षण गरेको थियो । तर क्याम्पमा सबै खेलाडी भने उपस्थित थिएनन् । अहिले क्याम्पमा मात्र १२ जना उपस्थित रहेका छन ।

सुनसरीको इनरुवामा जारी मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगितामा क्याम्पमा रहेका खेलाडीहरु खेलिरहेका छन । जसमा केहि खेलाडी विभागिए टिममा रहेकाले उनीहरु अझै क्याम्पमा आउन सकेका छैनन् ।

नेपालले भोली मलेसिया क्रिकेट संघ ११ सँग पहिलो टी २० खेल्ने कार्यक्रम रहेको छ । त्यसपछि सोहि टिमसँग शनिबार ५० ओभरको खेल खेल्नेछ । त्यसपछि नेपालले तीन वटा अन्य खेल खेल्नेछ ।

पोखरामा प्रशिक्षण सकिएपछि नेपाली टिम प्रतियोगिताको एक साता अगाडी काठमाडौं फर्किनेछ ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest