आइसीसी बर्ष खेलाडीकाे अवार्डमा स्टाेक उत्कृष्ट

इंग्ल्याण्डका बेन स्टोकले प्रतिष्ठित सर गारफिल्ड सोबर्स ट्रफिबाट सम्मानित भएका छन । आइसीसी विश्वकपमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा स्टोकलाई आइसीसी बर्षको उत्कृष्ट खेलाडी अन्तर्गत सो अवार्डबाट सम्मानित गरेको हो ।

न्यूजिल्याण्ड विरुद्धको खेलमा अविजीत ८४ रन प्रहार गरेका स्टोकले २० खेलमा सात सय १९ रन बनाउँनुका साथै १२ विकेट लिएका थिए । यस्टै टेष्टमा उनले २०१९ मा ११ टेष्टमा ८२१ रन बनाउनुका साथै २२ विकेट लिएका थिए । जसमा एसेस टेष्ट अन्तर्गत लिड्समा बनाएको एक सय ३५ रनले उनलाई ठुलो चर्चा दिलाएका थिए । उनको सो प्रदर्शनका कारण सो टेष्टमा इंग्ल्याण्ड हारबाट बचेको थियो ।

यस्तै अष्ट्रेलियाका पाट कुमिन्स बर्षको उत्कृष्ट टेष्ट प्लेयर बने । यस्तै भारतका रोहित शर्मा बर्षको उत्कृष्ट एकदिवसिय खेलाडी बने । भारतका दिपक चाहर टी २० उत्कृष्ट प्रदर्शनकर्ता बने भने अष्ट्रेलियाका मार्नुस लाबुसेनले इमर्जिङ क्रिकेटर अफ दी इयरको उपाधि जिते । स्कटल्याण्डका केली कोइट्जेरले एसोसियट क्रिकेटर अफ दी इयर बने ।

गतबर्ष तीन वटा विधाको उपाधि जितेका भारतीय कप्तान विराट कोहलीले स्प्रिट अफ क्रिकेट अवार्ड जिते । यसका साथै उनले टेष्ट र एकदिवसिय क्रिकेटको उत्कृष्ट कप्तानको उपाधि जिते ।

इंग्ल्याण्डका रिचार्ड इलिङवर्थले बर्षको उत्कृष्ट अम्पायर बने । जसमा उनले डेविड सेफर्ड ट्रफि हात पारे । यो अवार्ड जित्ने उनी सातौ अम्पायर बनेका छन ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest