आर्मीले प्रदेश तीनलाई दुई सय १७ रनको लक्ष्य

मनमोहन स्मृती कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनलमा विभागिए टिम त्रिभुवन आर्मीले प्रदेश तीनलाई दुई सय १७ रनको लक्ष्य दिएको छ ।

सुनसरीको इनरुवामा टस जितेर पहिले ब्याटिङ गरेको आर्मी ४६ ओभर तीन बलमा दुई सय १६ रनमा अलआउट भयो । खराव सुरुवात गरेको आर्मीले १२ रनमा पहिलो र १४ रनमा दोस्रो विकेट गुमाएको थियो । उसका ओपनर हरीशंकर झा ६ रनमा आउट भए भने हरी चौहानमात्र एक रनमा पेभेलियन फर्किए ।

तर तेस्रो विकेटका लागि रोहिकुमार पौडेल र अनिल मण्डलले अर्धशतकीय साझेदारी गरेका थिए । जसमा रोहितले २९ रन बनाए । यस्तै राजेश पुलामीमगर १७ रनमा पेभेलियन फर्किदा आर्मीले १०० रनमा चौथो विकेट खेर फाल्यो ।

तर त्यसपछि उसले अरु ५७ रन जोड्दा थप तीन विकेट खेर फाल्यो । जसमा अनिलले ४३, विनोद भण्डारीले ६, भिम शार्कीले नौ तथा कुशल मल्लले ३७ रन बनाए । अन्तिममा विक्रम सोबले २४ तथा सुसन भारीले १३ रन बनाए ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest