सन्दिपले इपीएल काठमाडाैंबाट खेल्ने

अन्तराष्ट्रिय फ्रेन्चाइजी स्टार खेलाडी सन्दिप लामिछानेले आसन्न एभरेष्ट प्रिमियर लिग काठमाडौं किंग्स इलावेनबाट खेल्ने भएका छन । काठमाडौं किंग्सका प्रशिक्षक विनोद दासले सन्दिप इपिएलबाट खेल्ने पक्का भएको बताए ।

अघिल्लो सिजन ललितपुर प्याट्रियट्सबाट खेलेका सन्दिपले यसपटक टिम परिवर्तन गरेका छन । अष्ट्रेलियाको बिग ब्यास लिग खेलिरहेका सन्दिपलाई कति रकममा अनुबन्ध गर्यो त्यो भने खुलाइएको छैन ।

हाल नेपाली क्रिकेट खेलाडीमा चर्चामा रहेका सन्दिपलाई टिममा भित्र्याएपछि काठमाडौं बलियो देखिएको छ । यसका साथै उसले विदेशी खेलाडीका रुपमा पनि राम्रा खेलाडी ल्याउने तयारी गरेको छ । जसमा अघिल्लो सिजन खेलेका केभिन ओब्राइनका साथै दुई जना वेष्ट इन्डिजका खेलाडीसँग कुरा गरिरहेको छ ।

काठमाडौंले यसपटक भारतबाट भने कुनैपनि खेलाडी नल्याउने जनाएको छ । सन्दिपले अघिल्लो सिजनको इपिएल पुरा खेलेका थिएनन् । तर यसपटक उनी सो समयमा खालि हुने भएकाले पुरै सिजन खेल्ने बताइएको छ । यसअघि काठमाडौंले सुवास खकुरेल र आकाश चन्द र दिपेन्द्रसिंह ऐरीलाई लिएको थियो ।

यस लेखमा उल्लेखित विषयहरु

Related Stories

More Stories

Latest